शायद

हरेक पाइला तिम्रो, मेरो जीवनको उज्याली बन्यो,

हरेक बोलिले तिम्रो, मलाई हास्न सिकायो,

हरेक स्पर्शले तिम्रो मलाई बाच्ने एउटा नयाँ उमङ दियो ।

तिमी मेरो मुटुको ढुक्ढुकी, तिमीनै मेरो जुन र तारा, तिमीनै मेरो जीवन भन्थेउ…

तर आज, मलाई ह्जारौ सपना देखाइ छआडिगएु,

रुदैछु आज यो अन्धेरी साँझमा, ति मिठा पलहरु सम्झी,

तिमीलाई जीवनसाथी बनाउन कती रोए, कती कराए, कती प्रयास गरे,

तर…..

तिमी मेरो नरही गएु आफ्नै संसारमा, शायद तिमी एउटा मिठो भूल रहेछौ,

सपना बुन्न त सिकाएु, अनि आँफै ति गुच्छाहरुलाई चुडेर गएु!

कही कतै मैले भुल त गरिन?

कही कतै तिमीले मेरो माया लाई बुझेनौ?

शायद! शायद माया मैले गर्न जानिन, तिमीलाई आफ्नो बनाउन जानिन,

शायद! शायद!!

तर माया त तिम्रै लाग्छ सधै, तिम्रै बास हुनेछ यो मुटुमा,

तिम्रै पर्खाइमा आजपनी यो मन रोइरहेछ, 

फर्की आउ माया, फर्किआउ !!! 

IMG_4138.JPG

बाध्यता

ति दिन हरुनी थिए, जब ख्यालठट्टा गर्नपनी हिच्किचाउनु पर्दैनथियो, 

र आजको दिन छ, आफ्नो मनको भावना तिमी सामु पोखनपनी सक्दिन,
भन्न चाहन्छु कती माया गर्छु,
कती महत्त्वो छ तिम्रो यो जीवनमा,
त्यो साथ, त्यो आत्मियतालाई कती याद गर्छु भनेर
तिमीलाई लाग्छ होला मेरो मन बद्लिएछ,
तर कसरी भनु समयले बाध्यबनयो मलाई।
तिमी सँग हुने चाहना त कती थियो,
कती सपना बुनेर बसेथिए,
कती समय आजै पनि तिम्रै कल्पनामा बिताउछु,
तर समयले बाध्य बनायो मलाई।

IMG_0435

तिम्रो हुने चाहना हुँदाहुँदै आफुलाई दबाउन बाध्य म,
तिम्रै मुस्कान हेरी जीवन बिताउनेछु।
आजनी तिमीलाई थाहा नदी तिम्रै मायामा डुबेकोछु,
ति मिठा पल हरुकै सम्झनाको शहर मा सारा जीवन बिताउनेछु।
एती मात्रै बिन्तिछ, मलाई घ्रिना नगरिदिनु,
म त तिम्रै हुन चाहन्छु, तर समयले अनौठो खेल रचएकोछ,
बाध्यता मा बधेकी म, मेरो बाध्यता बुझिदिनु,

मलाई माफ गरिदिनु, मलाई माफ गरिदिनु!!!


म र मेरो नेपाल

images (1)

थाहा छैन के हुँदैछ अचेल,
कता-कता डर लाग्न थाल्यो अचेल,
किन उजाड लाग्छ यो ठाउ,
किन बिरनो लाग्छ यो देश!

म चाहन्न डुब्न भावनामा,
चाहन्न हाङ्गाबाट झारेको पात जस्तो हुन,
चाहन्न धागोबाट चुडिएको चङ्गा जस्तो हुन,
चाहन्न कसैको लहलहैमा हिंड्न!

म त चाहन्छु केवल एक स्वतन्त्र देश,
चाहन्छु बन्न एक लगनशिल र कर्तव्यपरायण व्यक्ति,
चाहन्छु एक ज्वाजल्यमान भविष्य,
चाहन्छु चहार्न यही गाउ र देश!

images

तर यदी देश नै रहेन भने गर्नसक्छु म के ?
बन्न सक्छु म कसरी एक कर्णधार नेपाली ?
के रहला त्यो इतिहास विर गोर्खालिको ?
के सदा रहनेछ मेरो देश ?

उठ! उठ! नेपाली, अब भैसक्यो बेला!
देशको लागि केहि गर्ने र फेरी एकपटक इतिहास रच्ने,
मिलेर बनाउ अब सुन्दर देश,
अनी देखाउ सबलाई हाम्रो भेष!!!

— श्रद्धा मैनाली —

मेरो देश मेरो नेपाल!
मेरो देश मेरो नेपाल!