शायद

हरेक पाइला तिम्रो, मेरो जीवनको उज्याली बन्यो,

हरेक बोलिले तिम्रो, मलाई हास्न सिकायो,

हरेक स्पर्शले तिम्रो मलाई बाच्ने एउटा नयाँ उमङ दियो ।

तिमी मेरो मुटुको ढुक्ढुकी, तिमीनै मेरो जुन र तारा, तिमीनै मेरो जीवन भन्थेउ…

तर आज, मलाई ह्जारौ सपना देखाइ छआडिगएु,

रुदैछु आज यो अन्धेरी साँझमा, ति मिठा पलहरु सम्झी,

तिमीलाई जीवनसाथी बनाउन कती रोए, कती कराए, कती प्रयास गरे,

तर…..

तिमी मेरो नरही गएु आफ्नै संसारमा, शायद तिमी एउटा मिठो भूल रहेछौ,

सपना बुन्न त सिकाएु, अनि आँफै ति गुच्छाहरुलाई चुडेर गएु!

कही कतै मैले भुल त गरिन?

कही कतै तिमीले मेरो माया लाई बुझेनौ?

शायद! शायद माया मैले गर्न जानिन, तिमीलाई आफ्नो बनाउन जानिन,

शायद! शायद!!

तर माया त तिम्रै लाग्छ सधै, तिम्रै बास हुनेछ यो मुटुमा,

तिम्रै पर्खाइमा आजपनी यो मन रोइरहेछ, 

फर्की आउ माया, फर्किआउ !!! 

IMG_4138.JPG